logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • फुटबलर प्रीति सम्मानित

    फुटबलर प्रीति सम्मानित

    हेरालाे खबर

    तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्

    नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामा
    प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

    ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उदघाटन गरे । आज पहिलो चरणका खेलहरु भएका छन् ।‌

    चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा ६ स्पर्धामा १ सय ३१ खेलाडीको सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार ३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

    पुरुष र महिला सिंगल्सको विजेताले ३०, दोस्रोले १५ र तेस्रो हुने दुई जनाले समान ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा भएको हो।



    Heralo Reporter Heralo Reporter    
  • २ चैत्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP