logo
  • ७ जेष्ठ २०८३, बिहीबार | Thu, 21 May 2026
  • काभा महिला भलिबल च्याम्पियनसिप २०२६ तयारी पुरा

    • heralokhabar heralokhabar
    • ७ जेष्ठ २०८३ बिहीबार
    काभा महिला भलिबल च्याम्पियनसिप २०२६ तयारी पुरा

     

    हेरालाे खबर

    काठमाडौं । काठमाडौंमा शुक्रबार देखि काभा महिला भलिबल च्याम्पियनसिप २०२६ शुरु हुँदैछ । नेपाल र भारतकाे खेललाई निकै चासोका साथ हेरिएको छ |

    यस प्रतियोगिताले क्षेत्रीय उपाधिको प्रतिस्पर्धा मात्र नभई नेपाली महिला भलिबलको बढ्दो प्रभाव र लोकप्रियताको पनि परीक्षण गर्दैछ। घरेलु टोली नेपाल यसपटक विशेष दबाब र अवसर दुवैका बीच कोर्टमा उत्रिँदैछ । घरेलु समर्थकको ऊर्जा, अनुभवी तथा युवा खेलाडीको संयोजन र पछिल्ला अन्तर्राष्ट्रिय अनुभवले नेपाली टोलीलाई उपाधि दाबेदारमध्ये एकका रूपमा हेरिएको छ।

    प्रतियोगितामा कुल ८ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा ईरान, काजखस्तान, श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।



    heralokhabar heralokhabar    
  • ७ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP