logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • काभा भलिबलमा नेपाल र बंगलादेश खेल्दै

    • heralokhabar heralokhabar
    • १० श्रावण २०८३ आईतवार
    काभा भलिबलमा नेपाल र बंगलादेश खेल्दै

    हेरालो खबर
    काठमाडौं । नेपाली भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानको इस्लामावादमा जारी प्रतियोगितामा आज नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो १.४५ मा सुरु हुनेछ। नेपाली‌ टोलीले यसअघिका सबै ३ खेलमा हार बेहोरेको थियो।

    पाकिस्तानसँग ३-० तथा श्रीलंका र काजकस्तानसँग ३-२ सेटमा पराजित नेपाली टोलीले सेमिफाइनलको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने हुन्छ।


    नेपाल, काजकस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले‌ सेमिफाइनल खेल्नेछन्।

    झन्डै एकदशक अघि सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो। पुरुष भलिबलमा नेपालले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक हो।

    नेपाल भलिबल टोली ( हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोद बहादुर चन्द रहेको छ ।

    जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), रुपेश कुमार विष्ट, (सहायक प्रशिक्षक), सोम बहादुर श्रेष्ठ (व्यवस्थापकं) ।



    heralokhabar heralokhabar    
  • १० श्रावण २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP