logo
  • २९ भाद्र २०८३, सोमबार | Mon, 14 Sep 2026
  • २०औं एसियाली खेलकुदको लागि जापान जाने उसु टोलीको बिदाइ

    • heralokhabar heralokhabar
    • २९ भाद्र २०८३ सोमबार
    २०औं एसियाली खेलकुदको लागि जापान जाने उसु टोलीको बिदाइ

    हेरालाे खबर

    काठमाडौ । २०औं एसियाली खेलकुदको लागि जापान जाने उसु टोलीको बिदाइ गरेकाे छ । उक्त भव्य बिदाइ कार्यक्रममा राष्ट्रिय सभाका सांसद प्रभा कार्की, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य पवन शाही, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना बिश्वास, लगायत पदाधिकारीहरू, उसु मुख्य प्रशिक्षक, उसु प्रशिक्षकहरू तथा खेलकुदप्रेमी महानुभावहरूकाे उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ताहरूले खेलाडीहरूलाई खेल भावना, अनुशासन र उच्च मनोबलका साथ मैदानमा उत्रिन प्रेरणा दिए। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सिर उच्च राख्दै देशका लागि पदक जितेर फर्किने विश्वास व्यक्त गरे।

    बिदाइ समारोहमा खेलाडी तथा अफिसियलहरूको हौसला अभिवृद्धि गर्नका लागि ‘संगथा इन्भल्भ टुगेदर’ नामक संस्थाले विशेष सहयोग पुर्‍याएको थियो। सो संस्थाको तर्फबाट प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा निर्णायकहरूलाई आकर्षक टिसर्ट प्रदान गरी सम्मानित गरियो।
    कडा मिहिनेत र लामो प्रशिक्षण पश्चात् जापान प्रस्थान गर्न लागेको नेपाली उसु टोली पदक जित्ने दृढ संकल्पका साथ उत्साही देखिएको छ। एसियाडमा नेपाली खेलाडीहरूको प्रदर्शनले देशको खेलकुद क्षेत्रलाई थप नयाँ उचाइमा पुर्‍याउने अपेक्षा महासंघले राखेको छ।

     



    heralokhabar heralokhabar    
  • २९ भाद्र २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP