logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता पुस १३ गते

    • heralokhabar heralokhabar
    • १२ पुष २०८१ शुक्रबार
    पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता पुस १३ गते

    हेरालाे खबर

    पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता पुस १३ गते
    पोखरा | तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते ल्होछार शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ।
    तमु धिं नेपालद्वारा आयोजित तिनदिने ल्होछार कार्यक्रम अन्तर्गत पहिलो दिन पुसको १३ गते तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमातमु धिं नेपालले पोखरामा पुस १३ देखि १५ गतेसम्म ल्होछार मनाउने भएकाे हाे|

    तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी आउदै गरेको सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार भव्यताका साथ मनाउने भएका छन |
    पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा शुक्रवार सम्पन्न तमु समाजहरुसहितको बृहत बैठकले पुसको १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरी तमु ल्होछार मनाउने तयारीमा जुटेको हो।
    मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा पुस १३ गते पोखरामा बिहान ल्होछार शुभकामना सडक दौड प्रतियोगिता तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा आयोजना गर्ने निर्णय गरिएको हो।सडक दौडमा १० किमी खुल्ला र अन्तर तमु समाज टिम इभेन्ट साथै ५ किमी दुरीको दौड महिला, भेट्रान्स र रन फर फन लगायतको दौड हुने भएको हो।

     


    मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा आयोजित दौड प्रतियोगिताको १० किमी खुल्लातर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ७ हजार र सान्त्वनाले ३ हजार, अन्तरसमाज टिम इभेन्ट बिजेताले २० हजार र रनिङ शिल्ड, दोस्रोले १५ हजार, तेस्रोले १० हजार रुपैयासहित पुरस्कृत हुने संयोजक चोकबहादुर गुरुङले जानकारी दिनुभयो।
    यसरी नै ५ किमी महिला र भेट्रान्स इभेन्टसतर्फ प्रथमले ७/७ हजार, दोस्रोले ५/५ हजार, तेस्रोले ३/३ हजार र सान्त्वनाले २/२ हजार रुपैयासहित पुरस्कार प्राप्त हुने संयोजक गुरुङले जानकारी दिनुभयो।



    heralokhabar heralokhabar    
  • १२ पुष २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP