logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • धादिङबेसीमा फागुन १६ गत चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुँदै

    • heralokhabar heralokhabar
    • १३ फाल्गुन २०८१ मंगलवार
    धादिङबेसीमा फागुन १६ गत चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुँदै

    धादिङबेसीमा फागुन १६ गत चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुँदै, व्यापक तयारी हुँदै

    धादिङको सदरमुकाम धादिङबेसीमा गुरुङ कथानक चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने भएको छ । नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा ‘च्यारिटी सो’ हुने भएको हो । यहि फागुन १६ गते सिटि हलमा चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले जनाएको छ । अहिले चलचित्रको व्यापक प्रचार प्रसार भईरहेको छ । चलचित्रको ‘च्यारिटी सो’ को लागि विभिन्न जातिय संघ संस्था देखि विद्यालय, आमा समूह लगायतलाई पत्राचार , पम्पप्लेट टाँस, माईकिङ, विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गरिएको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो । गुरुङहरुको भाषा, कला, संस्कार संस्कृति समेटिएको उक्त चलचित्रमा राम प्रसाद गुरुङ, सपना गुरुङ, इशा गुरुङ, रेशम गुरुङ, धनसुबा गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । भने चलचित्रलाई विबेक गुरुङले लेखन तथा निर्देशन गर्नुभएको हो । गुरुङ जातीको आफ्नो भाषा र कलाको माध्यमबाट सचेतना जागउने उद्देश्यले धादिङबेसीमा पहिलो पटक गुरुङ चलचित्र ङोल्स्यो रामरानीको च्यारिटी गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो । चलचित्र ‘च्यारिटी सो’ को लागि २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । १ सय भन्दा बढि टिकक अग्रिम बुक भईसकिएको पनि अध्यक्ष गुरुङले बताउनुभएको छ । चलचित्रको टिकट गुरुङ समुदायले मात्र नभई अन्य समुदायले पनि उत्सुकता पूर्वक अग्रिम बुकिङ गरिदिंदा चलचित्रको ‘च्यारिटी सो’ भव्य हुने देखिएको छ ।



    heralokhabar heralokhabar    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP