logo
  • २३ कार्तिक २०८२, शनिबार | Sat, 08 Nov 2025
  • बुटवल गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    • heralokhabar heralokhabar
    • ५ श्रावण २०८२ आईतवार
    बुटवल गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    कुमार गुरुङ

    बुटवल गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बालनर्सिङ गुरुङ द्वारा लिखित पुस्तक विमोचन गर्दै बुटवल उपमहागर पालिका प्रमुख खेल राज पाण्डेले खेमालिपी वास्तवमा आज जातीयलाई मात्र नभइ स्थनीय सरकारको पनि भएको बताए । आज बुटवल नगरले हरेक समुदायको जातीय संस्कार संस्कृती संरक्षण सम्बर्धन गर्नका लागि विभिन्न किसिमका जातीय सीप तालिमहरु गर्दै आइरहेको र बुटवललाई साँस्कृतिक पहिचानको शहर बनाउने उनले बताए ।

    गुरुङ्हरुको लिपि खेमलिपीको पनि मुल उदगम थलो बुटवल भएकाले गर्व लागेको उनले बताए । सीपहरु सिक्न सके यही उत्पादन र रोजगार सबैले पाउन सक्ने र आफु–आफुमा भएको क्षमता प्रस्तुत गर्नु पर्ने उनले बताए ।

    कार्यक्रममा खेमालिपी पुस्तकका लेखक खेमालिपी सर्जक बालनर्सिङ गुरुङ, तमु ह्युल छोज धिका अध्यक्ष राम बहादुर गुरुङ, नेपाल भारत आदिवासी जनजाती मैत्री संघका केन्द्रीय सल्लाहकार वरिष्ठ अधिवक्ता चन्द्र कुमारी गुरुङ, मानव महाशक्ती अभियान नेपालका केन्द्रीय अध्यक्ष सुष्मा देवकोटा, तमुह्युल छोज धि लुम्बिनी प्रदेश प्रमुख झप्पट बहादुर गुरुङ, लेखक तथा प्रोफेसर आनन्दमान शाक्य, खेमालिपी सर्जक कानुनी परामर्शदाता बाबुराम पान्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी नेपाल भारत आदिवासी जनजाती मैत्री संघका केन्द्रीय अध्यक्ष खेमालिपी पुस्तक प्रकाशक विनोद कुमार गुरुङ, तमु ह्युल छोज धि नगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरुङ, मदन गुरुङ्लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।



    heralokhabar heralokhabar    
  • ५ श्रावण २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP