logo
  • ५ माघ २०८२, सोमबार | Mon, 19 Jan 2026
  • तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

    • heralokhabar heralokhabar
    • ९ असार २०८२ सोमबार
    तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

    तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

    पोखरा | तमु धिं नेपाल स्याङ्जा जिल्ला भेलाले शनिवार युवा समाजसेवी बालकुमार गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।


    स्याङ्जा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा आइ बहादुर गुरुङ, सचिवमा सुबेदार जितबहादुर गुरुङ, सहसचिवमा ममता गुरुङ, कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा रबिना गुरुङ, मनोज गुरुङ, सुकबहादुर गुरुङ, क्षेत्र बहादुर गुरुङ, मदन गुरुङ, बीरबहादुर गुरुङ, भुवनसिङ गुरुङ, शान्ता गुरुङ, डमप्रसाद गुरुङ र लिला गुरुङ रहनुभएको छ।
    नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने कोल्मा बहाकोट तमु समाजका अध्यक्ष पुर्णबहादुर गुरुङ, सोंपाल तमु समाजका प्रतिनिधी एवम तमु धिं नेपाल केन्द्रिय युवा समितिका वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, केन्द्रिय आमा समिति अध्यक्ष पवित्रदेवी गुरुङ, तमु कलाकार संघ गण्डकी अध्यक्ष बिक्रम गुरुङ, सातसय कोल्माबहाकोट सम्पर्क मन्चका अध्यक्ष सुबेदार मेजर दुतप्रसाद गुरुङ, तमु धिं नेपालका प्रथम उपाध्यक्ष गिमाया गुरुङ, महासचिव जुना गुरुङ लगायतले टीका, फेटा, खादा लगायतबाट बधाई ज्ञापन गरिएको थियो।

    नवनिर्वाचित अध्यक्ष बालकुमार गुरुङले प्रतिवद्दता ब्यक्त गर्नुहुदै तमु धिं नेपाल स्याङ्जाको जिम्मेवारी गौरवमयी बनाउने, गुरुङ एकता, तमु पहिचानको संरक्षण र सामुदायिक अधिकारको लागि कृयाशिल रहने बताउनुभयो।
    यस अघि भेलाको उदघाटन गर्नुहुँदै प्रमुख अतिथी तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको एकता, तमुहरुको अधिकार प्राप्तिका लागि संगठन निर्माण आवाश्यक रहेको बताउनु भयो।
    कोल्माबहाकोट तमु समाजको अध्यक्ष पुर्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश अध्यक्ष पदम गुरुङ, युवा समाजसेवी अभियन्ता बाल कुमार गुरुङ, तमु (गुरुङ) कलाकार संघ गण्डकी अध्यक्ष बिक्रम गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समिती अध्यक्ष पवित्र देबि गुरुङ, सोपाल तमु समाज प्रतिनिधि एवम केन्द्रिय युवा समिती वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, केन्द्रिय सदस्य एवम गुरुङ ब्युटी एकेडेमीकी संचालक चिनु गुरुङ, शिक्षिका पुर्ण कुमारी गुरुङ लगायतले बोल्नु भएको थियो भने स्वागत तमु धिं नेपाल केन्द्रिय सदस्य एवम सांस्कृतिक बिभाग प्रमुख कृष्ण कुमार गुरुङले र महासचिव जुना कुमारी गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो।
    कार्यक्रममा कोल्माबहाकोट तमु समाजका कलाकारहरु र केन्द्रिय युवा समितिका सदस्य अरुण गुरुङले नृत्य प्रस्तुत गर्दै मनोरन्जन दिलाएका थिए ।



    heralokhabar heralokhabar    
  • ९ असार २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP