logo
  • ३ चैत्र २०८१, आईतवार | Sun, 16 Mar 2025
  • मेबाईलसँग होइन, साथीसँग खेल’, भन्ने मूल नाराका साथमा महालक्ष्मी फूटबल फेष्टिबलको आयोजना 

    • heralokhabar heralokhabar
    • २७ पुष २०८१ शनिबार
    मेबाईलसँग होइन, साथीसँग खेल’, भन्ने मूल नाराका साथमा महालक्ष्मी फूटबल फेष्टिबलको आयोजना 

    मेबाईलसँग होइन, साथीसँग खेल’, भन्ने मूल नाराका साथ महालक्ष्मी फूटबल फेष्टिबलको आयोजना

    हेरालाे खबर

    ‘मेबाईलसँग होइन, साथीसँग खेल’, भन्ने मूल नारा लिएर महालक्ष्मी स्पोर्टस् हबद्धारा ललितपुर स्पोर्टस् ट्रेनिङ्ग सेन्टर तथा फिरफिरे युवा क्लबसँगको सहकार्यमा महालक्ष्मी न.पा वडा नं ८, लुभूमा आज २०८१ पौष २७ गते, शनिवार ‘महालक्ष्मी फूटबल फेष्टिबल’को आयोजना गरिएको छ । फेष्टिबलमा संस्थाद्धारा संचालित फुटबल ट्रेनिङ्गमा आवद्ध तथा विभिन्न उमेर समूहका स्थानिय बालबालिका तथा युवाहरुको सहभागिता रहेको थियो ।

     

    बालबालिका तथा युवाहरुको फुटबलसँग सम्बन्धित शिपहरु जस्तै सुटिङ्ग, हेडिङ्ग, ड्रिबलिङ्ग, पासिङ्ग लगायतका शिपहरुको प्रदर्शनको आधारमा विजेता छनौट गरिएको थियो । सहभागी बालबालिकाहरुको बीचमा मनोरञ्जनात्मक मैत्रीपूर्ण फूटबल प्रतिश्पर्धा समेत आयोजना गरिएको थियो । सहभागि सबै बालबालिकालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो भने, विजेता टोलिलाई व्यक्तिगत मेडल तथा कप प्रदान गरिएको थियो । उक्त फेष्टिबलमा विशेष खेलको रुपमा क्रिकेटलाई समेत सहभागि गराई तीन टोलीको बीचमा प्रतिश्पर्धा गराईएको थियो । क्रिकेट प्रतियोगितामा जिल्ला क्रिकेट संघ ललितपुरको टीम विजयी घोषित भयो |

    महालक्ष्मी स्पोर्टस् हब खेलकुद तथा सामाजिक विकासमा लामो अनुभव बोकेका सामाजिक उद्यमीहरुद्धारा संचालित एक सामाजिक उद्यम हो । मोबाईलको अति प्रयोगबाट बालबालिका तथा युवाहरुमा परेको शारिरीक तथा मानसिक प्रभावलाई विभिन्न खेलकुदको माध्यमबाट कम गर्ने लक्ष्य संस्थाले लिएको छ जसको लागि संस्थाले नियमित तालिम, प्रतिश्पर्धा, लिग म्याचहरुको आयोजना, स्थानिय तथा उपत्यका बाहिरका विभिन्न एकेडेमीसँगको सहकार्यमा मैत्रीपूर्ण प्रतिश्पर्धा गर्दै जाने योजना बनाएको छ ।



    heralokhabar heralokhabar    
  • २७ पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP