logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • विश्व फोटोग्राफी दिवस: राष्ट्रिय फोटो पत्रकारले गर्यो अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी

    • heralokhabar heralokhabar
    • ४ भाद्र २०८२ बुधबार
    विश्व फोटोग्राफी दिवस: राष्ट्रिय फोटो पत्रकारले गर्यो अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी

     

    हेरालाे खबर

    विश्व फोटोग्राफी दिवस: राष्ट्रिय फोटो पत्रकारले गर्यो अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी


    काठमाडौं – १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले एकल फोटो प्रदर्शनी आयोजना गरेको छ ।

    संस्थाले यस वर्ष ‘Flight and Frame’ शीर्षकमा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको एकल प्रदर्शनी आयोजना गरेको हो । आज भदौ ३ गते (अगष्ट १९) काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चलेको प्रदर्शनीमा अध्यक्ष वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटोपत्रकारको रूपमा खिचिएका करिब ६० फोटो प्रदर्शनमा राखिएका थिए ।

    तीमध्ये अधिकांश फोटो नेपालका विभिन्न जिल्लाका भौगोलिक र पर्यटकीय क्षेत्रहरू हेलिकप्टरबाट खिचिएका हुन् ।

    राष्ट्रिय फोटो पत्रकार समूहले पहिलो पटक यसरी एकल फोटो प्रदर्शनी आयोजना गरेको हो । आगामी दिनमा अन्य सदस्यहरूको पनि एकल प्रदर्शनी आयोजना गर्दै जाने संस्थाले जनाएको छ ।

    फोटो पत्रकार वन्त राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार समेत हुन् । प्रदर्शनीको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकारहरू मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका थिए ।

    कार्यक्रममा समूहका सदस्यहरूसहित फोटोपत्रकार, सञ्चारकर्मी, फोटोग्राफर तथा फोटोप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो ।

    उक्त कार्यक्रम सर्वसाधारणलाई नै लक्षित गरेर हनुमानढोकामा प्रर्दशनी आयोजना गरेको अध्यक्ष वन्तले बताए ।

    सार्वजनिक रूपमा आयोजना गरिएको प्रदर्शनीमा स्थानीयबासी, स्वदेशी तथा विदेशी पर्यटकले समेत सहभागिता जनाएका थिए ।

    संस्थाका महासचिव घनश्याम श्रेष्ठले प्रदर्शनीले विश्व फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।



    heralokhabar heralokhabar    
  • ४ भाद्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP