२३ माघ, हेरालाे खबर, कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न २ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय साडेपानीले ग्राहक केन्द्रीत वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरेको छ । साडेपानी शाखा कार्यालयले पुस ८ गते देखि हाल सम्म उक्त कार्यक्रम सन्चालन गर्दैँ आइरहेको छ ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार ,बचत तथा कर्जाको फाइदा तथा बेफाइदा,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता ,बिमा सेवा ,पासबुकको प्रयोग ,एम पासबुकको महत्व र फाइदा ,नगद जम्मा भौचरको महत्व,केन्द्र समुह र केन्द्र प्रमुखको भुमिका तथा केन्द्र सन्चालन लगायतका विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहकमाझ वित्तिय चेतना बढेको शाखा कार्यालय साडेपानी का शाखा प्रवन्धक श्री यादव प्रसाद जोशीले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका कर्मचारीहरू अार्यन ताम्राकार, कमल बहादुर धामी र हर्क बहादुर बाेहराले सहजिकरण गर्नुभएकाे छ ।
उक्त नगरपालिकामा वडा न १,२,३,४,६,७,८, १०,११ का करिव १५७३ घरधुरीलाई सेवा दिदै आएको यस एनएमबि लघुवित्त शाखा कार्यालय साडेपानीले कैलालीको घोडाघोडी नगरपालिका , वर्दगोरीया गाउँपालिका र जोशीपुर गाउपालीका ,लम्कीचुहा नगरपालीकामा आफनो कार्यक्षेत्र बनाएर कार्य गदैँ आएको छ ।
गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।
प्रतिक्रिया