जुम्ला , हेरालाे खबर
पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । राजमार्ग यसअघि पनि पटक पटक अवरुद्ध हुँदै आएको थियो ।
राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार गएरातिको वर्षाले कालीकोटको शुभकालिका गाउँपालिका वडा न १ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया