logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • नयाँ डिजिटल’ प्रविधिमा सञ्चालन, मनकामना केबलकार आजदेखि सुचारु

    • Heralo Reporter Heralo Reporter
    • १ आश्विन २०८१ मंगलवार
    नयाँ डिजिटल’ प्रविधिमा सञ्चालन, मनकामना केबलकार आजदेखि सुचारु

    पोखरा , हेरालाे खबर

    नयाँ प्रविधि जडान भएपछि मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ ।

    मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुनेछ ।

    स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न हो ।

    अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका-४ चेरेसमा छ ।



    Heralo Reporter Heralo Reporter    
  • १ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP