हेरालो खबर २०८१ असोज ३ गते
काठमाडौँ । मित्र नगर टाइगर युवा क्लबद्वारा आयोजन गर्न लागेको पार्क पुरुष भलिबलको प्रतियोगिता २०८१ को सुरु भएको छ । युवा नेता तथा समाजसेवी मिलन गुरुङ्गले पानसमा दीप बलेर कार्यक्रमको उद्घाटन गरेको हो ।
मित्र नगर टाइगर युवा क्लबले आयोजन गरेको प्रतियोगिता पाँच गते सम्मा चल्ने छ । पहिलो दिनमा पहिलो लिग चरणको सबै खेल सम्पन्न भएको छ । जसमा डी.बी ट्राभल्स, यु.के लन्डन, बोङगा खानी बागलुङ, मित्र नगर टाइगर क्लव र मनोहरा कृषि सरोकार समाजले विजय सुरुवात गरेको छ ।
पार्क भलिबलको नेपालका पहिलो पटक हुन लागेको हो । यसमा भलिबलको जस्तै भए पनि केही नियमहरू फरक हुने भएकोले यसलाई पहिले प्रयोगको रुपमा लिएको रे फ्री संयोजक विकास गुरुङ्गले बताए । यसमा पाँच–पाँच जनाको खेलाडी सङ्ख्या हुने र खेलमैदानमा चार–चार हुने उनले बताए । यसमा आट्यकिङ लाइन नभएको कारणले सबै खेलाडीले खुलेर सबै ठाउँबाट खेल्न सकिने गुरुङ्गको भनाई रहेको छ ।
सो प्रतियोगितामा आठ टिमको सहभागी रहेको छन् भने यसमा दुई वटा पोलमा छुट्टाएको छ, ए पोलका चार टिम र बी पोलमा चार टिम रहेको छ खेल संयोजक सरोज गुरुङ्गले बताए ।
खेल असोज तीन गते देखि पाँच गते ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र गोगाबुमा हुने छ । खेल लिक कम नकआउट तरीकाले खेलाउने भएका छन् । सबै खेल डेस्कटप ३ मै खेलाउने भएको छ ।
प्रतियोगिता पहिलो हुनेले १ लाख १ हजार, दोस्रोले ८१ हजार, तेस्रोले ४१ हजार र सान्त्वनाले २१ हजार नगद सहित मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया