logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित

    • Heralo Reporter Heralo Reporter
    • १६ आश्विन २०८१ बुधबार
    अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित

    पोखरा , हेरालाे खबर

    माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी (अखिल क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित भएको छ ।

    संगठनभित्र उमेर हदको विवाद लम्बिनुका साथै अध्यक्ष को बन्ने भन्ने विषयसमेत पेचिलो बन्दै गएपछि समय अभावको कारण देखाउँदै सम्मेलन नै स्थगित गरिएको प्रतिनिधि बताउँछन् ।

    अखिल क्रान्तिकारीभित्र पहिला उमेरहदको विषय टुङ्ग्याउने, त्यसपछि सहमतिको प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनावमा जाने तयारी भएको थियो । तर, धेरै आकांक्षी र पार्टी नेतृत्वमा समेत आफू अनुकूलको नेतृत्व ल्याउने मोहका कारण सम्मेलन अपूर्ण बन्न पुगेको एक विद्यार्थी नेताले बताए ।

    उनका अनुसार पार्टी नेतृत्व ३२ वर्षभन्दा माथिबाट आफू अनुकूलको विद्यार्थी नेतालाई सहमतिको नाममा अध्यक्ष बनाउने चाहन्थ्यो । तर, कीर्तिपुरस्थित सम्मेलन हलमा ३२ वर्षभन्दा मुनिबाट नेतृत्व ल्याउनु पर्ने र निर्वाचनमै जानुपर्ने मत बलियो देखिएपनि समस्या पैदा भएको थियो ।

    अर्का एक विद्यार्थी नेताले आन्तरिक विवादका साथै उमेर हद र प्रतिनिधिको अन्तिम सूची समेत समयमा टुंगिन नसकेको बताउँदै अब दसैँ पनि लागिसकेका कारण सम्मेलन स्थगित भएको जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • १६ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP