logo
  • १९ कार्तिक २०८१, सोमबार | Mon, 04 Nov 2024
  • गण्डकी र कोशी प्रदेशका मेघगर्जन-चट्याङसहित वर्षा हुने

    • Heralo Reporter Heralo Reporter
    • १२ कार्तिक २०८१ सोमबार
    गण्डकी र कोशी प्रदेशका मेघगर्जन-चट्याङसहित वर्षा हुने

    पाेखरा , हेरालाे खबर

    देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।



    Heralo Reporter Heralo Reporter    
  • १२ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP