logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • मन्त्री पाठकको आकस्मिक अनुगमनः बागलुङस्थित धौलागिरी अस्पतालमा जे देखे…

    • Heralo Reporter Heralo Reporter
    • १२ कार्तिक २०८१ सोमबार
    मन्त्री पाठकको आकस्मिक अनुगमनः बागलुङस्थित धौलागिरी अस्पतालमा जे देखे…

    बागलुङ , हेरालाे खबर

    गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धौलागिरी अस्पतालको आकस्मिक अनुगमन तथा निरीक्षण गरे।

    अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिइ अस्पताल पुगेका मन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका बारेमा जानकारी लिए ।

    उनले बिरामी र कुरुवासमेत भेटे । उनले स्वास्थ्यकर्मी र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा सेवाग्राहीसँग जिज्ञासा राखे ।

    अस्पतालको बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, प्रस्तुती सेवा, सुरक्षित गर्भपत सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निःशुल्क औषधिलगायतको अनुगमन गरे।

    उनले जिम्मेवारीमा रहेका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधिको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राखे ।

    मन्त्री पाठक त्यहाँ पुग्दा अस्पतालका मेडिकल सुपरिटेण्डन्ट रविरंजन प्रधान बिदामा थिए । तर उनी बिदामा रहेकाे जानकारी सकैलाई थिएन ।

    त्यसपछि मन्त्री पाठकले प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसीयन डा. किरण तिवारीलाई भेटे । मन्त्री पाठकले जिम्मेवार व्यक्ति बिदामा रहँदा अन्य जिम्मेवार व्यक्तिलाई जानकारी गराउन जरुरी रहेको धारणा राखे ।

    मन्त्री पाठक समक्ष ड. तिवारीले सेवाग्राहीका गुनासा कम आउने गरी थप व्यवस्थित गरेर काम गर्न प्रतिवद्ध रहेको बताएका थिए । मन्त्री पाठकले अस्पतालमा देखिएका समस्या केही दिनमै समधान हुने प्रतिवद्धता जनाए ।



    Heralo Reporter Heralo Reporter    
  • १२ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP