logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • जीप दुर्घटनामा आठ जनाको मृत्यु, उद्धारका लागि हेलिकप्टर पुग्यो

    • Heralo Reporter Heralo Reporter
    • २५ कार्तिक २०८१ आईतवार
    जीप दुर्घटनामा आठ जनाको मृत्यु, उद्धारका लागि हेलिकप्टर पुग्यो

    कालिकोट , हेरालाे खबर

    कालीकोटमा भएको जीप दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् । साथै ११ जना घाइते भएका छन् ।

    जिल्लाको पलाँता गाउँपालिका वडा नं ३ को राडुनेटामा जीप दुर्घटनामा भएको हो ।

    जीप सडकबाट करिब तीन मिटर तल खसेको पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिएन् ।

    उनका अनुसार उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ ।

    घटनास्थलमा स्थानीय प्रहरी र स्थानीयले पुगेर उद्धार गरिरहेका छन् ।

    घाइते भएका ११ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको बताइन्छ ।



    Heralo Reporter Heralo Reporter    
  • २५ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP