पाेखरा , हेरालाे खबर
कास्कीको माछापूच्छ्रे गाउँपालिका–९ मा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको छ।
काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकसहित ५ जना रहेको जनाएको छ। ‘आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय लालबहादुर तामाङको लडेर मृत्यु भएको अपुष्ट जानकारी पाएका छौं, सँगै गएका गोराले भरिया प्रेस्टिज बुर्लाकोटीलाई भनेपछि थाहा पाएको वडा अध्यक्ष राजेन्द्र क्षेत्रीले बताउनुभयो।
वडाध्यक्ष क्षेत्रीका अनुसार मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएका नर्वेका एक नागरिकसहित गएका ४ नेपाली मध्ये मुख्य गाइड तामाङको आज लडेर मृत्यु भएको बताउनुभयो।
मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव निकाल्नका लागि कम्पन्नीसँग सम्पर्क भइरहेको जनाएको छ । मर्दी हिमाल आरोहणका लागि गएका विदेशी नागरिकसहितको टोली अहिले हाइक्यापमा फर्किएको छ । हाइक्याप पुग्न पोखराबाट २ दिन लाग्ने वडाध्यक्ष क्षेत्रीले बताउनुभयो।
प्रतिक्रिया