हेरालाे खबर
काठमाडौ | ७२ लाखको कारोबारसगै तिहार फ्लोरा एक्सपो सम्पन्न, ग्रीन डेभलपमेन्टको बिस्तार गर्नुपर्छ – अग्नी सापकोटा
७२ लाखको कारोबारसगै तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न भएको छ ।नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा तिहारको महोत्सव फूलको उत्सव भन्ने नारा सहित शुक्रवारबाट काठमाडौको भृकुटीमण्डपमा पाँच दिन ,मगलबार सम्म चलेको एक्स्पो ४० हजार बढीले अवलोकन गरेको एक्स्पोकी सयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिनुभयो । फूल तथा नर्सरी र नर्सरीजन्य उत्पादनको परनिर्भरतालाई कम् गरी स्वदेशी उत्पादनलार्ई बृद्धि गर्ने उदेश्यले तिहार लक्षित तिहार फ्लोरा एक्सपो सफल भएको संघमा अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताउनु भयो । “व्यवसायी र उपभोक्ताको दुरी घटाउने र नर्सरी ब्यवसायीहरुले उत्पादन गरेका कृर्षि तथा बन जडीबुटी नर्सरी फलफूल औजार उपकरण सबै एकै थलोमा भएकाले अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो अध्यक्ष तिमिल्सिनाको भने ।”
तिहार फ्लोरा एक्सपोमा बिभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल बिरुवाहरु लगायत कृषि तथा बन जडीबुटी , औजार उपकरण , मल सबै गरी ६५ वटा ब्यवसायीक स्टर राखिएको थियो ।
ग्रीन डेभलपमेन्टको बिस्तार गर्नुपर्छ – अग्नी सापकोटा
तिहार फ्लोराएक्स्पो २०८१ को समापन कार्यक्रममा बोल्दै , पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका पार्टी प्रबक्ता अग्नी साप्कोटाले नेपाललाई ग्रीन डेभलपमेन्ट तर्फ लैजानु पर्ने बताउनु भयो ,अन्य बिकास संगै ग्रीन डेभलपमेन्टको आवश्यक्ता नेपालमा रहेको सापकोटाको भनाई थियो । नर्सरी व्यवसायलाई प्रोत्साहन गर्न सके युवाहरुलाई बिदेश पलायन हुन बाट रोक्न सकिने र नर्सरी व्यवसायको को बिस्तार गरी ग्रीनरी डेभलपमेन्ट तर्फ लाग्नु पर्ने सापकोटाको भनाई थियो ।
नर्सरी ब्यवसायीहरुको माग अनुसार नेपालमा रहेको बाझो जग्गा नर्सरी ब्यवसायको लागि लिजमा दिने प्रकृया मिलाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सापकोटाले गर्नुभयो ।
। तिहार फ्लोराएक्स्पो २०८१ को समापनमा पुग्नुभएका पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका पार्टी प्रबक्ता अग्नि साप्कोटाले प्रदर्शनमा राखीएका सबै स्टल अवलोकन गरी युवाहरु नर्सरी ब्यवसाय पेशामा लागेकोमा खुशी ब्यक्त गर्दै आफुे धेरै कुरा सिकेकोले आनन्दको महसुस गरेको बताउनु भयो ।
प्रतिक्रिया