ढोरपाटन , हेरालाे खबर
अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए ।
करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएका उनले बताए ।
करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिकासहित बागलुङ नगरपालिकावासी प्रभावित भएका छन् ।
मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनु भएको थियोे ।
प्रतिक्रिया