पाेखरा , हेरालाे खबर ,
बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए । प्रतियोगितामा पुरुष/महिला एकल, पुरुष ३५ , ४५ , ५५ , ६५ वर्ष माथि गरि ६ विधा तथा महिला/पुरुष डबल्स, पुरुष ३५ , ४५ र ५५ माथिको उमेर समूहमा गरि कुल ११ विधाका प्रतिस्पर्धा हुनेछ।
एकल महिला/ पुरुषको विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै पुरुष ३५ माथिकाले विजेताले ४० र दोस्रोले २०हजार, ४५ माथिको विजेताले ३५ हजार र दोस्रो २० हजार रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया