logo
  • २ माघ २०८१, बुधबार | Wed, 15 Jan 2025
  • पृथ्वीराजमार्ग आजदेखि साढे चार घण्टा पूर्णरूपमा बन्द गरिने

    पृथ्वीराजमार्ग आजदेखि साढे चार घण्टा पूर्णरूपमा बन्द गरिने

    पोखरा , हेरालाे खबर

    पोखरा-मुग्लिन सडक विस्तारका लागि पृथ्वीराजमार्गअन्तर्गत छिर्कने-देउराली सडकखण्ड आजदेखि दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ ।

    तनहुँको व्यास नगरपालिका वडा नं १२ को छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।

    राजमार्ग विस्तारको कामलाई तीव्रता दिन मंसिर २३ गतेसम्म राजमार्ग पूर्णरूपमा बन्द गर्न लागिएको बताइन्छ ।

    आयोजनाका इन्जिनियर बिष्णुप्रसाद पाण्डेका अनुसार राति ११ देखि बिहान १ बजेसम्म सडक पूर्णरूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ देखि १ः३० बजेसम्म आधा घण्टा राजमार्ग खुला गरिनेछ ।

    यस्तै, दोस्रो चरणमा बिहान १ः३० देखि ४ बजेसम्म सडक बन्द गरिने पाण्डेले बताए । आकस्मिक अवस्थाको सवारी सञ्चालनका लागि पास उपलव्ध गराइने पाण्डेले जानकारी दिए ।

    पोखरा-मुग्लिन सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पूर्वीखण्डमा १४ वटा साना पुल निर्माण भएका छन् । यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको छ ।

    व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको छ ।

    विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ३ मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP