पोखरा , हेरालाे खबर
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।
बुधबार तोलाको एक लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज एक लाख ६४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार नौ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया