logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखरामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    पोखरामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    पोखरा , हेरालाे खबर

    पोखरामा शुक्रबार साँझ ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा पूर्वीरूकुम घर भई हाल पोखरा महानगरपालिका वडा नं २५ याम्दी बस्ने ५५ वर्षीया धनकुमारी बुढा छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नं. को आइचर ट्रकले याम्दीमा जेव्रा क्रसबाट बाटो काट्दै गरेकी बुढालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

    उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रक चालक पाँचथरका ४५ वर्षीय पृथीप्रसाद तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १५ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP