logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • कुलमानमाथि सरकारले हस्तक्षेप गरेको माओवादीको निश्कर्ष

    • heralokhabar heralokhabar
    • २० मंसिर २०८१ बिहीबार
    कुलमानमाथि सरकारले हस्तक्षेप गरेको माओवादीको निश्कर्ष

    हेरालाे खबर

    काठमाडौ | कुलमानमाथि सरकारले हस्तक्षेप गरेको माओवादीको निश्कर्ष, प्रधानमन्त्री ओलीलाई नै भेटेर विरोध जनाउने भएकाे छ ।
    नेपाल विद्युत प्राधिकरणको कार्यालयमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यकक्ष बनाएपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिक्रिया जनाएको छ । माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको काम कारबाहीमा हस्तक्षेप गर्न मन्त्री खड्काले प्राधिकरणमा कार्यकक्ष बनाएको बताए ।

    आज (बिहीबार) प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘विद्युत् प्राधिकरणले लाइन काट्ने कुरा गरिरहेको छ। मन्त्रीले इतिहासमै कहिल्यै नभएको अनौठो कुरा– प्राधिकरणमै कार्यकक्ष खोलेर बसेर प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन् ।’

    साथै, सरकारले बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरिरहेको माओवादीको निश्कर्ष छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मन्त्री खड्काले प्राधिकरणमाथि गरेको हस्तक्षेपको विरोध गर्ने पनि उनले बताए ।



    heralokhabar heralokhabar    
  • २० मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP