logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • आदिवासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गुरुङ

    • heralokhabar heralokhabar
    • २४ मंसिर २०८१ सोमबार
    आदिवासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गुरुङ

    हेरालो खबर २४ मंसिर २०८१, सोमबार

    काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोरखाका रेशम गुरुङ नियुक्त हुनुभएको छ । प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था बमोजिम प्रतिष्ठानको उपाध्यक्षमा प्रधानमन्त्री केपि ओलीले गुरुङलाई नियुक्ती गर्नुभएको हो । प्रतिष्ठानको उपाध्यक्ष कार्यकारी रहने ब्यवस्था रहेको छ ।

    संघीय मामिलामन्त्री राजकुमार गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको थियो ।

    सिफारिस समितिमा आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा र सञ्चालक परिषदको तर्फबाट सत्यनारायण डंगोल सदस्य रहनुभएको थियो ।

    तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहनुभएका गुरुङ आदिवासी जनजाति आन्दोलनमा कृयाशिल हुनुहुन्छ । गत जेठ ११ गते उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि प्रतिष्ठानमा उपाध्यक्षको पद रिक्त थियो ।

     



    heralokhabar heralokhabar    
  • २४ मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP