logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • रवि लामिछानेको आह्वान-सरकारले जे पनि गर्न सक्छ भन्दै , अलर्ट बस्नुहोला

    रवि लामिछानेको आह्वान-सरकारले जे पनि गर्न सक्छ भन्दै , अलर्ट बस्नुहोला

    काठमाडौँ , हेरालाे खबर

    रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारको अधिनायकवादी चरित्रको सामना गर्न समर्थकलाई आह्वान गरेका छन् ।

    आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकलाई अलर्ट बस्न आह्वान गरेका हुन् । साथै उनले सहकारी पीडितको नेतृत्व आफू गर्न तयार रहेको पनि बताए ।

    उनले सहकारी छानबिन समितिको प्रतिवेदनले आफूलाई निर्दोष देखाए पनि सरकारले षड्यन्त्र गरेर आफूमाथि धरपकड गर्न लागेको बताए ।

    सभापति लामिछानेले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए ।

    ‘यो सरकारले जे पनि गर्न सक्छ । यो सरकारको विश्वास छैन । तम्तयार भएर रहनुहोला । देशभरका न्याय प्रेमी र रास्वपाका नेता कार्यकर्ताहरू अलर्ट रहन आग्रह गर्दछ’, लामिछानेको भनाइ छ ।

    उनले सरकारको अधिनायकवादी चरित्रका विरुद्ध सबै एक ठाउँमा उभिएमा यो चरित्रको अन्त्य हुने दाबीसमेत गरे ।



    Heralo Reporter Heralo Reporter    
  • ७ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP