logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • पोखरामा मनाइयो ३७औँ विश्व एड्स दिवस

    पोखरामा मनाइयो ३७औँ विश्व एड्स दिवस

    पोखरा , हेरालाे खबर

    एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ पोखरामा ३७औं विश्व एड्स दिवस मनाइएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौनरोग नियन्त्रणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । पोखराको बसुन्धरापार्कमा मूल समारोह आयोजना गरिएको थियो ।

    कार्यक्रममास्वास्थ्य निर्देशनालयका महानिर्देशक डा खिमबहादुर खड्काले जनस्वास्थ्यका क्षेत्रमा सरकारले संचालन गरेका कार्यक्रममध्ये एचआईभी एड्स नियन्त्रण कार्यक्रम अत्यन्त सफल भएको बताए ।

    जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली संक्रमितलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताए ।

    राष्ट्रिय एड्स महासंघका केन्द्रीय सचिव मनोज गुरुङले संक्रमितहरुमा हुने गरेको भेदभाब र लाञ्छना अन्त्यका लागि सबै नागरिकमा जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिए ।

    नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सन् २०३० सम्म एचआइभी मुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    दिवसको सन्दर्भमा जनप्रतिनिधिमा एचआइभी सम्वन्धी अभिमुखीकरण, अति विपन्न सिएबिए बच्चालाई न्यायो कपडा वितरण, जुम्बा कार्यक्रम, जनचेतनामूलक सामग्री प्रशारण, एसटिआई र भिआइए क्याम्प, मैनवत्ति प्रज्वलन जस्ता विविध कार्यक्रम गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • १६ मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP