logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • लायन्स कप भलिबल प्रतियोगितामा पोखरामा हुँदै

    • heralokhabar heralokhabar
    • १८ चैत्र २०८१ सोमबार
    लायन्स कप भलिबल प्रतियोगितामा पोखरामा हुँदै

    लायन्स कप भलिबल प्रतियोगितामा पोखरामा हुँदै

    काठमाडौँ।

    लायन्स कप भलिबल प्रतियोगितामा तीन विभागीयसहित ६ टोलीले सहभागिता जनाउने भएका छन्।

    पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हल प्रतियोगिता १८ देखि वैशाख २२ गतेसम्म हुने तय गरिएको छ ।

    आयोजक लायन्स इन्टरनेसनल नेपालका अनुसार प्रतियोगितामा नेपालका पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने छन्। यस्तै, पाकिस्तान भलिबल क्लब, इस्लामवादले पनि सहभागिता जनाउने पक्का भइसकेको छ।

    ‘भारत र इरानको टिमसँग सरसल्लाह भइरहेको छ। सम्झौता गर्न बाँकी छ,’ डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले भने।

    उनका अनुसार प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीले दुई लाख ४४ हजार ४४४ र तेस्रो हुने टोलीले एक लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ र विधागतमा आठ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्।



    heralokhabar heralokhabar    
  • १८ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP