logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • क्लब विश्वकपको फाइनलमा पिएसजी र चेल्सी भिड्ने

    • heralokhabar heralokhabar
    • २६ असार २०८२ बिहीबार
    क्लब विश्वकपको फाइनलमा पिएसजी र चेल्सी भिड्ने

    हेरालाे खबर

    काठमाडौं। क्लब विश्वकपको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) र चेल्सी भिड्ने भएका छन्। सेमिफाइनलमा रियल मड्रिडलाई ४–० को हार चखाउँदै पीएसजीले चेल्सीसँगको उपाधि भिडन्त तय गरेको हो।

    च्याम्पियन्स लिग विजेता बन्दै क्लब विश्वकप खेल्न अमेरिका पुगेको पीएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग खेल्नेछ। फेबियन रुइजले दुई गोल गर्दै निर्णायक भूमिका निर्वाह गरे।

    ७७ हजार ५४२ दर्शकको अगाडि न्यू जर्सीको मेटलाइफ स्टेडियममा ९१ डिग्री फारेनहाइट (३३ सेल्सियस) तापक्रम र झन् बढी आर्द्रताबीच खेलिएको प्रतियोगितामा रियलका स्टार केलियन एम्बाप्पेले खासै प्रभाव जमाउन सकेनन्।

    खेलको छैटौं मिनेटमै रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यसको तीन मिनेटमै ओस्मान डेम्बेलेले अर्को गोल थपे। दुवै गोल रियल मड्रिडका डिफेन्डर राउल एसेन्सियो र एन्टोनियो रुडिगरको गल्तीपछि सम्भव भएको हो।

    २४औं मिनेटमा रुइजले काउन्टर अट्याकमा आफ्नो दोस्रो गोल गर्दै ३–० को अग्रता बनाए। ८७ औं मिनेटमा गोन्सालो रामोसले चौथो गोल थपे।

    ‘हामी अर्को फाइनलमा पुग्न पाउँदा निकै खुशी छौं,’ खेलपछि रुइजले भने,‘यो ऐतिहासिक उपलब्धि हो। यो सिजन हरेक फाइनलमा पुग्नु निकै कठिन कुरा हो। अब हामी उपाधिबाट एक पाइला टाढा छौं।’

     



    heralokhabar heralokhabar    
  • २६ असार २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP