logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पुस्तक बिक्रीको रकमबाट विद्यालयमा अक्षयकोष

    • Heralo Reporter Heralo Reporter
    • ३२ श्रावण २०८१ शुक्रबार
    पुस्तक बिक्रीको रकमबाट विद्यालयमा अक्षयकोष

     

    कास्की ,३२ श्रावण , हेरालाे खबर

    पोखराका हरिश्चन्द्र नेपालले पुस्तक बिक्रीबाट जम्मा भएको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । नेपालीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोकमा रहेको श्री जनाजागरण नमुना सामुदायिक विद्यालयमा आफ्ना आमा बाबुको नाममा रहेको सरस्वती भक्त मेमोरियल ट्रष्टबाट एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हुन ।  आज एक कार्यक्रमका बीच उक्त अक्षयकोषको रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

    पोखरा महानगरपलिका वडा नं. ११ स्थायी घर भई लामो समय देखि  युकेलाई कर्म थलो बनाउँदै आएका नेपालीले आफूले रचना गरेको भुत्ते गाँठो नामको पुस्तक प्रकाशन गर्नु अगाडि नै बिक्रीबाट जम्मा हुने रकमले कुनै विद्यालयमा अक्षयकोष स्थापना गरिदिने योजना बनाएका थिए । नेपाली भने ,”लामो समय विदेशमा समय खर्च गरे । विदेश जान भन्दा पहिले शिक्षा क्षेत्रमै थिए।  धेर थोर शिक्षाको अवस्था बुझेको छु । पुस्तक लेखे । पुस्तकको रकम शिक्षामै होस् भन्ने चाहे । बुझ्दै जाँदा प्राथमिकतामा श्री जनजागरण नमूना सामुदायिक विद्यालय पर्यो ।”

    बि.स. २०६६ सालमा स्थानीयहरुको पहलमा ८ सम्म पढाइ हुने गरी स्थापना भएको यो विद्यालयमा स्थानिय शिक्षा ऐन लागू भएयता ५ कक्षा सम्म पढाइ हुन्छ । दलित समुदायका ५० जना विद्यार्थी रहेको यो विद्यालयमा ३ जना स्थायी, ३ जना निजी स्रोत र एक इसिडीको गरी  जम्मा ७ जना शिक्षक शिक्षिका रहेका छन ।

    वडा अध्यक्ष हरिश्चन्द्र लम्सालले आफूले प्राप्त गरेको जनप्रतिनिधिको पारिश्रमिक तथा भत्ता सामाजिक काममा काम खर्च गर्दै आएको भन्दै यस आर्थिक वर्षको रकमले भने यस विद्यालयमा अक्षयकोषको स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    उक्त विद्यालयमा अक्षयकोष स्थापनाको लागि महत्तवपूर्ण भूमिका खेलेका पोखरा महानगरपालिका वडा नं. ५ का पूर्व अध्यक्ष धनबहादुर नेपालीले सामुदायिक र सरकारी विद्यालयलाई सरकार र सक्षम नागरिक सबैले सहयोग  गर्नु पर्ने बताए । कसैको सानो सहयोगले कसैको भविष्य बन्न विद्यालयमा स्थापना हुने अक्षयकोषको महत्त्वपूर्ण भूमिका हुने बताए ।

    विद्यालयमै पहिलो पटक स्थापना अक्षयकोषको रकमबाट प्राप्त ब्याज गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्तिका रुपमा प्रदान गरिनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • ३२ श्रावण २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP