कडा प्रतिस्प्रर्धा भएको पहिलो सेट ३३–३१ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २५–२२ मा जित निकाल्यो । माल्दिभ्सको धिवेही सिफाइङ्गे क्लवले तेस्रो सेटमा उत्कृष्ट कम ब्याक गदै २५–२२ र चौथो सेटमा २५–२० ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।
निकै रोमान्चक बनेको खेलको पाँचौ सेट हेल्प नेपालले १५–८ ले आफ्नो पक्षमा पादैं ३–२ को जित निकालेको हो ।
आजै सम्पन्न खेलमा कीर्गिस्तानको बिश्केकले माल्दिभ्सकै अर्को टोली क्लब एचडिसी लाई र काजकिस्तानको जायक भिसीले श्रीलंकाको पोर्टस अथोरिटीलाई पराजित गरेको थियो ।
सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा संचालन भएको छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
नेपालले १८ जुलाईमा माल्दिभ्सकै अर्काे टोली क्लब एचडिसी संग प्रतिस्पर्धा गर्ने छ ।
हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो । काठमाडौंमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजय बेहोरेको थियो । हेल्प नेपालले अनुभबि नेपाली खेलाडिको साथमा ३ पाकिस्तानी खेलाडि अनुबन्ध गरि मैदानमा उत्रिएको छ ।
प्रतिक्रिया