logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
    • Heralo Reporter Heralo Reporter
    • २३ आश्विन २०८१ बुधबार

    पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

    अधिकतम खुद्रा मूल्य भन्दा रकम लिएर ग्राहकमाथि ठगफ गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार कारवाही गरेको हो ।

    कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम उक्त जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

    प्रशासनका अनुसार उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको छ ।

     

     

    कास्की प्रशासनले यसअघि पनि पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई खाजाको प्याकेटमा मूल्य अनुसार कम परिमाण रहेको पाइएपछि २ लाख जरिवाना गरेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २३ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP