हेरालाे खबर
मध्यविन्दु नगरपालिका नेपाली कांग्रेस नगर समितिले आज मध्यविन्दु नगरपालिकामा विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएको छ। मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारी र उपप्रमुख पूर्णकला चौधरी समक्ष नेपाली कांग्रेस मध्यविन्दु नगर कार्य समितिद्वारा ध्यानाकर्षण गराउँदै र नगरपालिकाका विभिन्न कार्यकलापप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाएको हो।
स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धमा, फोहर महिलाको व्यवस्थापनका लागि लिएको चर्को शुल्कका बारेमा, स्वास्थ्यकर्मीको सरुवाको विषयमा, खुसी पाठ्यक्रमको बारेमा दाहसंस्कार घाट उपलब्ध गराउने बारेमा , प्राविधिक शिक्षालय लगायतको बारेमा विभिन्न जिज्ञासा राख्दै मध्यविन्दु नगरपालिका नेपाली कांग्रेस कार्य समितिद्वारा आज ज्ञापनपत्र बुझाइएको हो। नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दोमन बहादुर भण्डारीद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाऊन सभापति भण्डारी सहित नगर उपसभापति जितु थापा , समितिका पदाधिकारी , प्रदेश सभा सभापति सतिस राई , क्षेत्रीय सभापति सुर्य गुरुंग र कांग्रेसका स्थानीय नेतागण उपस्थित भएका थिए । नगर उपसभापति जितु थापाले ज्ञापन पत्र पढ़ेर सुनाउनुभएको थियो ।
ज्ञापनपत्र बुझेपश्चात नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले सम्पूर्ण कुराहरुप्रति सकारात्मक रहेको र मिलेसम्मका कुराहरु कार्यपालिका बैठक मार्फत पास गरेर अगाडि बढाउने र कतिपय कुराहरु कानुन तह अगाडि जान नसक्ने कुरामा समेत स्पष्ट पार्नुभएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
यसैबीच मध्यविन्दु नगरपालिकामा नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरूले कार्यपालिका बैठक बहिष्कार गरेका छन्। मध्यविन्दु नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्णबहादुर मल्ल आफ्नो पारिवारिक भेटघाटले विदेशमा रहनुभएकाले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी प्राप्त गरिरहनुभएका वडा सदस्य अर्जुन पुरीलाई कार्यपालिका बैठकमा प्रवेश गर्न नमिल्ने भन्दै प्रवेश गर्नमा रोक लगाएपछि नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले विरोध स्वरुप कार्यपालिका बैठक बहिष्कार गरेको बताइएको छ ।
प्रतिक्रिया