logo
  • २१ माघ २०८२, बुधबार | Wed, 04 Feb 2026
  • महिला पिएम कप – बागमतीमाथि एपिएफको सहज जित

    महिला पिएम कप – बागमतीमाथि एपिएफको सहज जित

     हेरालाे खबर

    एजेन्सी,    कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ ।

    बिहीवारकाे पहिलाे खेलमा विभागीय टोली एपिएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई १० विकेटले पराजित गरेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो ।

    बागमतीले दिएको ४३ रनको लक्ष्य एफिएफले ६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एपिएफको जितमा ममता चौधरीले सर्वाधिक २३ रन जोडिन् । उनले २० बलमा ३ चौका प्रहार गरिन् । अर्का ओपनर राजमती ऐरीले २२ बलमा १४ रन जोडिन् ।

    त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन जोडेको थियो । बागमतीका लागि कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

    एपिएफका लागि सुमन बिष्टले ३, रेखा रावल र बिन्दु बुढाले समान २ तथा कविता जोशीले १ विकेट लिईन् । प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

    समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम थिए । समूह बी मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब थिए ।

    दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

    सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरको शीर्ष २ मा रहने टोलीको बीचमा फाइनल खेल हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • १० माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP