logo
  • १५ मंसिर २०८२, आईतवार | Sun, 30 Nov 2025
  • भरतपुर कोइलाहा र रत्ननगर बैरियाका ८ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    • Heralo Reporter Heralo Reporter
    • २८ फाल्गुन २०८१ बुधबार
    भरतपुर कोइलाहा र रत्ननगर बैरियाका ८ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    चितवन , हेरालाे खबर

    भरतपुर महानगरपालिका वडा नं.२६ कोइलाहास्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत तीन जना र रन्तनगर नगरपालिका वडा नं.१० बैरियास्थित श्री बैरिया माध्यमिक विद्यालयमा अध्ययनरत पाँच जना गरि आठ जना जेहेन्दार,आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई इलामको कन्याम स्थायी घर भइ हाल:साइप्रसमा कार्यरत नेपाल तामाङ घेदुङ साइप्रसकी सक्रिय सदस्य,लोकेश्वर मिडिया सर्भिसकी संरक्षक एवं समाजसेवी गंगामाया ग्याबा तामाङले आफ्नो शुभ जन्म दिनको अवसरमा रु.२५ हजार बराबरको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री कपि,पेन,झोला,जुत्ता र विद्यालयलाई एक/एक थान फुटबल,भलिबल शुक्रबार हस्तान्तरण गर्नु भएको छ ।

    चितवन सेवा समाज साइप्रसका वरिष्ठ उपाध्यक्ष दीपक सिम्खडा,सचिव सुशील पोखरेल,सल्लाहकार जयन्ती अधिकारी,समाजसेवी युवराज पौंडेलले श्री आधारभूत विद्यालय कोइलाहाका तीन जना विद्यार्थी,विद्यालय र चितवन सेवा समाज साइप्रसका वरिष्ठ उपाध्यक्ष दीपक सिम्खडा,सल्लाहकार कविता भट्ट ढकालले श्री बैरिया मा.वि.बैरियाका पाँचजना विद्यार्थी,विद्यालयलाई स्टेशनरी सामग्री कपि,पेन,झोला,जुत्ता र फुटबल,भलिबल हस्तान्तरण गरिएको विद्यालय श्रोतले जनाएका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • २८ फाल्गुन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP