पाेखरा , हेरालाे खबर
नेपाल कम्युनिष्ट पार्टी(एमाले)पार्टी केन्द्रीय सचिवालयको ४६औ बैठक को निर्णय एवं कास्की जिल्ला कमिटि को चैत्र ९ गते को विस्तारित बैठक को निर्देशन अनुरुप पोखरा महानगरपालिका का ३३ वटै वडा मा एकै दिन एकै साथ गर्न गइरहेको वडा स्तरीय जनजागरण कार्यक्रम अन्तर्गत रहि आज नेकपा एमाले पोखरा महानगरपालिका,वडा कमिटी -५ ले वृहत जनजागरण कार्यक्रम एवं वडा नं – ५ को भुगोलमा र्याली निकालेर अभियानको सुरुवात गरेको छ ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा कमिटी -५ का अध्यक्ष लक्ष्मण बराल को अध्यक्षता मा भएको उक्त कार्यक्रम मा वडा कमिटी -५ को भुगोल वाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश कमिटी का सदस्य कमरेडहरु,कास्की जिल्ला कमिटि का सदस्य कमरेडहरु, पोखरा महानगरपालिका कमिटी का उपसचिव हरिमाया विश्वकर्मा एवं सदस्य कमरेडहरु एवं पार्टी को विभिन्न जनसंगठन मा आबध्द नेता गणहरु , वडा नं -५ का वडा अध्यक्ष बिष्णु प्रसाद बराल एवं जनप्रतिनिधिहरु , वडा नं -५ का पुर्व जनप्रतिनिधिहरु र वडा वासि कार्यकर्ता हरुको बाक्लो उपस्थिती रहेको थियो ।
वडा कमिटी -५ का सचिव वसन्तराज गौतमले सन्चालन गर्नु भएको उक्त कार्यक्रम मा उपाध्यक्ष पान प्रसाद तिमिल्सिना ले उपस्थिति सम्पुर्ण लाइ स्वागत गर्नुँएको थियो।
जनजागरण कार्यक्रम को मर्म र मुल उद्देश्य का वारेमा प्रकाश पार्दै वडा कमिटी – ५ का अध्यक्ष लक्ष्मण बराल ले
एक पटक कपडा किनेर सिलाएको लुगा पुरानो भएर सिलाउनै नमिल्ने गरि मकाए च्यातिएपछि त्यसलाइ फेरि सिलाएर लगाउछु भन्नु कति व्यवाहारिक छ !
भन्ने उदाहरण दिदै जरादेखि नै उखालेर फालिएको राजतन्त्र फेरि आउने कुरा पनि मकाएर फालेको लुगा जस्तै हो भन्ने कुरा जोड्दै अहिले कथा कथित आफुले अझै आफैलाइ स्वघोषित राजा भजाउन लाएर देश बनाउँछु भन्नु हास्यास्पद कुरा हो ,एउटा जनताको छोरा लाइ अर्को गरिव किसानको छोरो ले प्रजातन्त्र को सुन्दर पक्ष र परिपाटी अवलम्बन गर्दै शासन गर्ने र गराउने पद्दति लाइ छोडेेर बंश का आधारमा हजुरबा पछि छोरा र त्यसपछि नाति ले पालो पालो जनतालाइ रैति बनाइ सासन गर्ने पद्दति अब जनतालाइ किमार्थ सह्य हुदैन र यो कुरा नबुझ्ने लाइ बुझाउन देश भरि सबै वडा हरुमा जागरण अभियानलाइ निरन्तरता दिनुपर्ने मा जोड दिनुभयो। त्यस्तै गरि प्रदेश कमीटी सचिवालय सदस्य धन बहादुर नेपालि ले सफल नेत्तृत्वमा ले स्कुल कलेज बनाउछन र शासक ले जेलखाना बनाउछन भन्ने कुरा जोड्दै सामन्ती का अवशेषहरु क्रान्ति सफल भए पश्चात प्रतिगमन का लागि उठ्ने गरेको इतिहास अध्यन गरेका छौ यदि हाम्रो मा थान्को लगाएर बस भनेकाले प्रतिगमन को दिवा स्वप्न देखेमा तिमिलाइ निमिट्यन्न पार्न नेकपा एमाले तयार छ भन्ने भनाइ राख्नुभएको थियो।
कार्यक्रम मा जिल्ला कमिटि सदस्य उज्वल खत्रि , महानगर कमिटी उपसचिव हरिमाया विश्वकर्मा, पुर्व पार्टी कमिटी अध्यक्ष विष्णुप्रसाद वराल लगाएतका वक्ताहरुले आफ्ना महत्त्वपूर्ण भनाइहरु राख्नुभएको थियो । वडा सदनको हलमा उद्घाटन भएको उक्त जागरण अभियान तत पश्चात बिशाल र्यालि मा परिणत भइ नेपाल को राष्ट्रिय झन्डा एवं नेकपा एमाले झन्डा सहित नारा बाजि गर्दै वडा परिक्रमा गरि समताचोकमा कोण सभामा परिणत भइ समापन भएको थियो ।
प्रतिक्रिया