logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • इकुडोलका १ सय ५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    • Heralo Reporter Heralo Reporter
    • ८ चैत्र २०८१ शुक्रबार
    इकुडोलका १ सय ५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    ललितपुर , हेरालाे खबर

    वाग्मती गाउँपालिका वडा नं.५ इकुडोलस्थित श्री जन जागृति माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५ जना तामाङ,मगर,दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो,सा पुख्री (सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,नेपाल तामाङ घेदुङ कुवेतका कोषाध्यक्ष राजु गोले तामाङ र जापान टोकियोमा कार्यरत समाजसेवी एवं बौद्धिक व्यक्तित्व पेमा लामा वाईबा तामाङको व्यक्तिगत आर्थिक सहयोगमा शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

    विद्यालयकी शिक्षक सुन्तली डिम्डुङ तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,वडाध्यक्ष एवं प्रमुख अतिथि नवराज तिमल्सिनाले विद्यार्थीहरुलाई कपि,पेन्सिल,डटपेन,स्केल,इरेजर,कटर लगायतका सामग्री वितरण गर्नु भएको र समारोहमा कार्यपालिका सदस्य एवं वडा सदस्य भीमकुमारी मोक्तान तामाङ,प्र.अ.पुण्डरिक दंगाल,सहायक प्र.अ.रामप्रसाद बजगाई,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका प्रतिनिधिहरु,अभिभावक,शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको जनाएकी छिन् ।



    Heralo Reporter Heralo Reporter    
  • ८ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP