logo
  • ४ जेष्ठ २०८३, सोमबार | Mon, 18 May 2026
  • भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित रिसोर्ट

    • heralokhabar heralokhabar
    • ४ जेष्ठ २०८३ सोमबार
    भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित रिसोर्ट

     

    हेरालाे खबर

    काठमाडौँ । भक्तपुरको रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित पर्यटन तथा आतिथ्य क्षेत्रको अवार्ड कार्यक्रम ‘साउथ एशियन ट्राभल अवाड्र्स (साटा) २०२६’ का लागि मनोनयनमा परेको छ ।

    दक्षिण एशियाली पर्यटन तथा होटल उद्योगमा विशेष प्रतिष्ठा राख्ने साटा अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ। यस वर्ष नेपालबाट भिलेज हाईल्याण्ड रिसोर्टको मनोनयनलाई नेपाली पर्यटन क्षेत्रकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
    रिसोर्टका सञ्चालक रामसुन्दर बकेका अनुसार अन्तर्राष्ट्रियस्तरको अवार्डमा नेपाली रिसोर्टको उपस्थिति बलियो बन्दै जानु नेपालको पर्यटन प्रवद्र्धन, आतिथ्य सेवा र अन्तर्राष्ट्रिय पहिचान विस्तारका दृष्टिले सकारात्मक संकेत हो । उनले नेपाली पर्यटन उद्योगले पछिल्ला वर्षहरूमा गुणस्तरीय सेवा, प्राकृतिक अनुभव र सांस्कृतिक आतिथ्यलाई प्राथमिकतामा राख्दै विश्व बजारमा आफ्नो स्थान विस्तार गर्दै गएको बताए।
    भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगमस्थल रानीकोटमा अवस्थित रिसोर्ट प्राकृतिक सौन्दर्य, शान्त वातावरण र पारिवारिक आतिथ्ययकाे राम्रो रहेको छ |



    heralokhabar heralokhabar    
  • ४ जेष्ठ २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP