logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • काठमाडौंमा ‘साईल नेपाल २०२५’ सम्मेलन हुँदै

    • heralokhabar heralokhabar
    • १६ श्रावण २०८२ बिहीबार
    काठमाडौंमा ‘साईल नेपाल २०२५’ सम्मेलन हुँदै

     

     

    हेरालाे खबर

    काठमाडौं। जुनियर चेम्बर इन्टरनेशनल (जेसीआई ) नेपालले पहिलोपटक South Asian Academy for International Leadership (SAAIL नेपाल २०२५) आयोजना गर्ने भएकाे छ । “Bridging Nations-Building Leadership” नारा सहित साउन १५ गतेदेखि १८ गतेसम्म काठमाडाैँमा उक्त आयोजना हुने भएकाे छ ।

    दक्षिण एसियाका युवा नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याउने उद्देश्यसहित प्रारम्भ गरिएको यस एकेडेमीले नेतृत्व विकास, अन्तरसंस्कृतिक समझदारी, क्षेत्रीय सहकार्य र साझा भविष्य निर्माण मा केन्द्रीत लक्ष्यहरूलाई आत्मसात गर्दै साे इभेन्ट हुन लागेकाे हाे ।

     

    यो एकेडेमीको नेतृत्व नेपाल जेसीजको वर्ष २०२५ डाईनामिक राष्ट्रिय अध्यक्ष रञ्जनी थापाले गर्ने छिन् । यो नेपाल जेसीजककै ईतिहासमा अध्यक्ष थापाको अन्तरनिहित सोच र भिजनको प्रतिफलमा स्थापित हुने अवसरका रूपमा प्राप्त भएको छ । यस कार्यक्रमको निर्देशक पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसिआई सिनेटर प्रज्ञा राज राजभण्डारीद्वारा गरिँदैछ ।

    SAAIL को अवधारणा सन् २०२५ को JCI Asia Pacific Conference (ASPAC) JCI Mongolia को उलानवटारमा जन्मिएको हो। उक्त अवसरमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरूबीच संयुक्त सम्झौता सम्पन्न भएको थियो । जसअनुसार यी चार राष्ट्रले मिलेर SAAIL को स्थापनाको संकल्प गरेका थिए।

    नेपाल यो संकल्पको पहिलो कार्यान्वयन स्थल बन्न पाउनु गौरवको विषय हो। योजना अनुसार आगामी वर्षहरूमा यस कार्यक्रमलाई प्रत्येक वर्ष फरक दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिने छ ।

    SAAIL नेपाल २०२५ का प्रमुख उद्देश्यहरू

     

     

    • युवा नेतृत्व क्षमताको बहुआयामिक विकास
    • दक्षिण एसियाली राष्ट्रबीच आपसी समझदारी, मित्रता र सहकार्यको प्रवर्द्धन
    • नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार-प्रसार
    • अन्तर्राष्ट्रिय युवा सहभागिताबाट उद्योग, लगानी र नवप्रवर्तनको सम्भावना
    • दीर्घकालीन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण

    नेतृत्व विकास सत्रहरूः नीति निर्माण, सार्वजनिक कार्यशालाहरू 

    • सांस्कृतिक आदानप्रदान तथा भ्रमणः काठमाडौं, लुम्बिनी, पाेखरा दरबार स्क्वायर, पाटन, भक्तपुर, स्वयम्भू, बौद्ध लगायतका विश्व सम्पदा सूचीकृत स्थलहरूको अवलोकन
    • क्षेत्रीय फेलोसिप र उत्सव, सहभागी राष्ट्रहरूबीच सञ्जाल विस्तार र साँस्कृतिक उत्सव
    • औपचारिक उद्घाटन तथा समापन समारोहः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूको उपस्थिति
    • नेपाल पर्यटन प्रवर्द्धन: सहभागीहरूलाई नेपालको सांस्कृतिक, भौगोलिक र जैविक विविधताको परिचय
    • नेपाली कला संस्कृति झल्काउने झाँक्री
    • उच्चस्तरीय सहभागिता र आतिथ्य व्यवस्थापन

    कार्यक्रममा JCI Asia Pacific तर्फका कार्यकारिणी उपाध्यक्ष Mark Joseph David Vice President Hiroki Tomori, सिनेटरहरू, अन्तर्राष्ट्रिय पदाधिकारीहरू, युवा उद्यमीहरु, समाजसेवीहरू तथा दक्षिण एसियाली राष्ट्रका प्रमुख युवा नेतृत्वकर्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रम अवधिभर सहभागीहरूको आवास, भोजन, आन्तरिक भ्रमण तथा आतिथ्य व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी जेसिआई नेपालले लिएको छ। Jaycees in Business (lead by Sri Lanka Embassy and JCI Sri Lanka cigala Nepal to Sri Lanka महामहिम राजदुत पुर्ण बहादुर नेपालीको आतिथ्यता कार्यक्रम सम्पन्न हेनेछ ।

    अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई खुला निमन्त्रणा

    नेपालको सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र युवा ऊर्जा को संगम बनेको यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई हार्दिक आमन्त्रण गरिने जनाइएकाे छ । SAAIL नेपाल २०२५ मार्फत नेपालले एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै युवा नेतृत्व, सहकार्य र लगानीमैत्री वातावरण निर्माण मा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास गरिएको छ।



    heralokhabar heralokhabar    
  • १६ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP