logo
  • ४ जेष्ठ २०८३, सोमबार | Mon, 18 May 2026
  • तमु धिं नेपालद्वारा उपचारका लागि ४ लाख रुपैया सहयोग

    • heralokhabar heralokhabar
    • ४ जेष्ठ २०८३ सोमबार
    तमु धिं नेपालद्वारा उपचारका लागि ४ लाख रुपैया सहयोग

    हेरालाे खबर

    पोखरा |तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं नेपालले बिरामीहरुलाई उपचारकालागि ४ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।

    तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिनुहुने तमु धिं नेपालका परम आदरणीय मेजर जयबहादुर / मेजरनी रुपकुमारी गुरुङको परिवार द्वारा स्थापित र तमु धिं नेपालद्वारा संचालित एक करोड रुपैयाको मेजर जयबहादुर – उदय चन्द्र – मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको व्याज बाट बिरामीहरुलाई उपचार सहयोग हस्तातरण गरिएको हो । सहयोग रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङले हस्तान्तरण गर्नुभएको थियो।
    कास्की, पर्वत, स्याङ्जा, लमजुङ जिल्लाका १६ जना बिरामीहरुलाई जनही २५ हजार रुपैयाको दरले सहयोग हस्तान्तरण गरिएको हो।
    कार्य्क्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले कोष स्थापनाको उदेश्य, सहयोग हस्तान्तरण कार्यविधिको जानकारी गराउनुहुदै प्राप्त सहयोगले बिरामीहरु शीघ्र पुर्ण स्वास्थ्य लाभ हुने विश्वास ब्यक्त गर्नुभयो। उक्त कोषबाट प्रत्येक तीन वा चार महिनामा बिशेष अवसरमा सहयोग गरिदै गुरुङलेआएको उहाले बताउनु भयो।
    तमु धिं नेपालमा आयोजित कार्यक्रमको संचालन सचिव जुमकाजी गुरुङले गर्नु भएको थियो।



    heralokhabar heralokhabar    
  • ४ जेष्ठ २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP