logo
  • २७ मंसिर २०८२, शनिबार | Sat, 13 Dec 2025
  • भाषा बिधेयक पारित भएकोमा गुरुङ र मगर संस्थाहरुले पोखरामा

    • heralokhabar heralokhabar
    • २६ असार २०८२ बिहीबार
    भाषा बिधेयक पारित भएकोमा गुरुङ र मगर संस्थाहरुले पोखरामा

    भाषा बिधेयक पारित भएकोमा गुरुङ र मगर संस्थाहरुले पोखरामा खुशियाली मनाए
    पोखरा , २५ असार
    गण्डकी प्रदेश सभाबाट गण्ड‌की प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको खुशीयालीमा बुधवार पोखरामा हार्दिक बधाई, धन्यवाद, दिप प्रज्वलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
    तमु धिं नेपाल, नेपाल पुन मगर समाज केन्द्रिय समिति, तमु प्ये ल्हु संघ, नेपाल मगर संघ कास्की र वौद्द अर्थों सदनले संयुक्त रूपमा लखनचोक र तमु ह्युल चोकमा कार्यक्रम गरी खुशीयाली मनाएको हो।
    लखनचोकमा आयोजित कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमवहादुर गुरुङ, नेपाल पुन मगर समाज केन्द्रिय अध्यक्ष खेम पुन मगर, तमु प्ये संघ केन्द्रिय अध्यक्ष ओम बहादुर गुरुङ, नेपाल आदि‌वासी जनजाति महासंघ गण्डकीका महासचिव सुजन लामा, नेपाल मगर संघ कास्की अध्यक्ष राम थापा मगर, तमु धिं नेपालका कृष्ण कुमार गुरुङ र मगर संघका क्याप्टेन भक्त वहादुर पुन मगरले विधेयक पारित गरेको प्रदेश सरकार, प्रदेश सभा, दलका नेताहरु, माननीयहरु, सम्पूर्ण संघ संस्थालाई धन्यवाद व्यक्त गर्दै व्यवहारमा कार्यन्वयन गर्न माग गर्नु भएको थियो ।
    दीप प्रज्वलन, साँस्कृतिक कार्यक्रम सहित तमु ह्युल चोकमा आयोजित कार्यक्रममा तमु धिं नेपालकी महासचिव जुना कुमारी गुरुङ, आमा समिति अध्यक्ष पवित्र देवी गुरुङ, युवा समिति अध्यक्ष रमेश गुरुङ, नेपाल मगर संघ उपमहासचिव खेम पुन मगर, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेम वहादुर गुरुङ, क्होला सोंथर गाँउपालिका वडा नं. ७ का वडाध्यक्ष लक्ष्मण गुरुङले सबैलाई वधाई र धन्यवाद दिनु भएको थियो।



    heralokhabar heralokhabar    
  • २६ असार २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP