विश्व शान्ति र विश्व आर्थिक क्रान्ती एक सिक्काका दुई पाटा,डाभोसबाट गर्न लागिएको घोषणाले नेपालमा ठूलो लगानी आउने सम्भावना छ : श्याल्पा रिन्पोछे
काठमाडौं । लुम्बिनीमा निर्माण हुन लागेको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डको डेभोसमा आयोजना हुने एक अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको छ ।
श्याल्पा रिन्पोछेले आज कपन हाइट्सको स्याल्पा गुम्बामा पत्रकार सम्मेलन गर्दै स्विट्जरल्यान्डको डाभोस सहरमा आयोजना हुने विश्व आर्थिक मञ्चमा शान्तिका बारेमा आफ्नो भनाई राख्ने बताएका हुन् ।
विश्व शान्ति र विश्व आर्थिक क्रान्ती एक सिक्काका दुई पाटा भएको बताउँदै श्याल्पो रिन्पोछेले मञ्चमा दुबै बिषयमा नेपालको तर्फबाट आफुले स्पष्ट धारण राख्ने बताए ।
डाभोसबाट गर्न लागिएको घोषणाले नेपालमा ठूलो लगानी आउने सम्भावना श्याल्पा रिन्पोछेको भनाई थियो ।
लुम्बिनी जस्तो पबित्र भुमि बिश्वभरिमा कहि पनि छैन् । अहिले हुन गईरहेको कार्यक्रमबाट नेपाल र लुम्बिनीलाई विश्वमा परिचित गराउन यो भेलाले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थियो।
विश्व आर्थिक मञ्चको कार्यक्रममा विश्वका ५० राष्ट्रका गन्यमान्य सहित हजारौं ब्यापारीहरु उपस्थिती रहने जनाइएको छ ।
यहि महिनाको जनवरी १९ देखि २१ सम्म स्वीजरल्याण्डको डेभोसमा आयोजना हुने बिभिन्न कार्यक्रममा रिन्पोछेको उपस्थिती रहने छ ।
प्रतिक्रिया