logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे

    • heralokhabar heralokhabar
    • २१ भाद्र २०८१ शुक्रबार
    संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे

    हेरालाे खबर

    काठमाडौं |  संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताउनु भएको छ।

    हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रका को स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताउनु भएको हो।

    मन्त्री पाण्डेले भन्नुभयो, धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो।

    उहाँले हरितालिका तीजको अवसरमा पशुपतिनाथकाे दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यबस्थापनका बारेमा बुझनु भएको र भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भएको थियो। साथै पशुपति क्षेत्र विकास कोषले लाईन नै बस्न नपर्ने गरि छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै मुक्त कण्ठले प्रशंसा समेत गर्नुभयो।
    उहाँले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्र्र्याउनु पर्नेमा जोड दिनु भयो। मन्त्री पाण्डेले हरितालिका तीजको देश तथा विदेशमा बस्ने महिला दिदीबहिनीहरूलाई शुभकामना समेत दिनु भयो ।



    heralokhabar heralokhabar    
  • २१ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP