logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • आफनै छोरीको हत्या गरेर प्रहरीमा जाहेरी, एक महिनापछि आफ्नै आमा पक्राउ

    • Heralo Reporter Heralo Reporter
    • २५ भाद्र २०८१ मंगलवार
    आफनै छोरीको हत्या गरेर प्रहरीमा जाहेरी, एक महिनापछि आफ्नै आमा पक्राउ

    हेरालाे खबर

    “आफनै छोरीको हत्या गरेर प्रहरीमा जाहेरी, एक महिनापछि आमा पक्राउ ”

    छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी हुन्।

    २७ साउनको दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।

    खोजतलास गर्ने क्रममा २८ साउनको बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेो ठोस्ने खोला ती बालिकाको शव भेटिएको थियो ।

    पानीको डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको थियो। उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

    प्रहरी अनुसन्धानका क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए।

    जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।

    आफ्नो आमा ले भनिन्  हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार समेत गरेको एसपी सुवेदीले बताए ।

     



    Heralo Reporter Heralo Reporter    
  • २५ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP