पाेखरा , हेरालाे खबर
छोरेपाटन बचत तथा श्रृण सहकारी संस्था लि.ले १७ अौ वार्षिक साधरण सभा भव्यताका साथ समपन्न गरेको छ। कार्यक्रममा +२,स्नातक तह र स्नात्तोक्तर मा उतिर्ण गर्ने उत्कृष्ट अंक प्राप्त शेयर सदस्यका बाबु नानी, असल बचत कर्ता र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणी शर्माले सहकारी सम्बन्धि कविता ,शेयर सदस्य विनिता अर्यलले सहकारीका ७ सिध्दान्त बाचन र शिक्षा उपसमिति संयोजक ज्ञानेश्वर बराले गीत गाएर शेयर सदस्यहरु लाई मनोरञ्जन गराएका थिए।
छोरेपाटन बचत तथा श्रृण सहकारी संस्था लि.का अध्यक्ष रविन्द्र राज बरालको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट भुवानी प्रसाद सल्लाहकारहरुको तर्फबाट मातृका प्रसाद दाहाल र विभिन्न संस्थाहरुको प्रतिनिधित्व गर्दै तिर्थराज अर्याल,विशेष अतिथि पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बरालले शुभकामना मन्तव्य राख्नु भएको थियो।अध्यक्ष रविन्द्र राज बरालले संस्थाको गतविधि र भावि योजना बारे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो
पोखरा महानगरपालिकाका सहकारी समिति अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षक भक्तराज रसाईलीले सहकार्य अभिवृध्दि सम्बन्धी प्रशिक्षण ,संस्थाका शिक्षा उपसमिति संयोजक ज्ञानेश्वर सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो।प्रमुख अतिथीय मन्तव्यमा तिवारी ज्यूले ऋण लगानी गर्दा समिति उपसमितिहरुलाई पनि जानकारी दिने पारदर्शी ढंगले कारोबार गर्ने सुझाव दिनु भयो।केही सहकारीले गर्दा सहकारीहरुमा कोरोना भाईरस भन्दा ठुलो महामारीमा छ र समस्या देखिएको छ।हामीले हाम्रो सहकारीलाई राम्रो तरिकाले अगाडी बढाउनु पर्छ भन्नु भयो।कसैबाट पनि अनैतिक रुपले एक रुपियाँ पनि अपचलन नहोस् भन्ने सुझाव दिनु भयो। अध्यक्ष रविन्द्र राज बरालले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो भने सञ्चालन संस्थाका सचिव राम प्रसाद नेपलले गर्नु भएको थियो।
प्रतिक्रिया