logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • पार्क पुरुष भलिबलको प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा

    • heralokhabar heralokhabar
    • २ आश्विन २०८१ बुधबार
    पार्क पुरुष भलिबलको  प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा

    हेरालो खबर २०८१ असोज २ गते

    काठमाडौँ  । मित्र नगर टाइगर युवा क्लबद्वारा आयोजन गर्न लागेको पार्क पुरुष भलिबलको  प्रतियोगिता २०८१ को सबै तयारी पूरा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजन गरि सबै तयारी भएको क्लबका अध्यक्ष अमृत के.सी ले जनकारी दिए ।

    पार्क भलिबलको नेपालका पहिलो पटक हुन लागेको हो । यसमा भलिबलको जस्तै भए पनि केही नियमहरू फरक हुने भएकोले यसलाई पहिले प्रयोगको रुपमा लिएको रे फ्री संयोजक विकास गुरुङ्गले बताए । यसमा पाँच–पाँच जनाको खेलाडी सङ्ख्या हुने र खेलमैदानमा चार–चार  हुने उनले बताए । यसमा आट्यकिङ लाइन नभएको कारणले सबै खेलाडीले खुलेर सबै ठाउँबाट खेल्न सकिने गुरुङ्गको भनाई रहेको छ ।

    सो प्रतियोगितामा आठ टिमको सहभागी रहेको छन् भने यसमा  दुई वटा पोलमा छुट्टाएको छ, ए पोलका चार टिम र बी पोलमा चार टिम रहेको छ खेल संयोजक सरोज गुरुङ्गले बताए ।

    खेल असोज तीन गते देखि पाँच गते ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र गोगाबुमा हुने छ ।  खेल लिक कम नकआउट तरीकाले खेलाउने भएका छन् । सबै खेल डेस्कटप ३ मै खेलाउने भएको छ ।

    प्रतियोगिता  पहिलो हुनेले १ लाख १ हजार, दोस्रोले ८१ हजार, तेस्रोले ४१ हजार र सान्त्वनाले २१ हजार नगद सहित मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।



    heralokhabar heralokhabar    
  • २ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP