logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • रवि लामिछानेसहित चारै जनालाई १३ दिन म्याद थपियो

    • Heralo Reporter Heralo Reporter
    • २५ कार्तिक २०८१ आईतवार
    रवि लामिछानेसहित चारै जनालाई १३ दिन म्याद थपियो

    पोखरा , हेरालाे खबर

    सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरीको हिरासतमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ ।

    कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    कास्की जिल्ला अदालतले आज लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि १३ दिन नै म्याद थप गरिदिएको छ ।

    यही बीचमा लामिछानेलाई बयानका लागि रुपन्देही लैजाने तयारी छ । उनलाई केही दिनमै रुपन्देही प्रहरीमार्फत सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइँदैछ । जोशीको भने यसअघि नै बयान भइसकेको छ ।

    बुटवलको सुप्रिम सहकारीको ठगी प्रहरणमा पनि उनीमाथि अनुसन्धान हुँदैछ । रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालतले ४ कात्तिकमा छ, ८ कार्तिकमा सात र २० कात्तिकमा १० दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २५ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP