तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा २९ जनाको उद्धार

हेरलाे खबर
तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हालसम्म दुर्घटनामा परेकामध्ये २९ जनालाई अस्पताल पठाइएको छ। प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाणका अनुसार हालसम्म २९ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। जसमा चेत अचेत अवस्थाका यात्रुहरू छन्। उनीहरूमध्ये कसको अवस्था के छ भन्नेबारे हालम्म खुल्न नसकेको पनि उनले बताए।
प्रतिक्रिया